मदरसा इस्लामीक विद्यालयको व्यवस्थापन समिति गठनमा अनियमितता भएको भन्दै उजुरी ,मदरसामा तालाबन्दी

3.7k Shares

सर्लाहीको कौडेना गाउँपालिका ७ शिवनगरको मदरसा इस्लामीक प्राथमिक विद्यालय  व्यवस्थापन समितिले आर्थिक अनियमितता भएको भन्दै आर्थिक अनियमितता गर्ने विरुद्ध कार्यवाहीको माग गरिएकोे छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र शिक्षा शाखा प्रमुख मिलेर आर्थिक अनियमितता गरि मदरसाको  व्यवस्थापन समिति गठन गरी रकम हिनामिना गरेको आरोप लगाउँदै पुर्व अध्यक्ष शेष गनी अहमदले उनीहरु उपर कार्यवाहीको माग गरेका छन् ।
आफ्नो तीनवर्षे कार्यकाल समाप्त भएपछि गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादव,प्रमुख प्रशासकीय अधिकृत सुरेश साह,वडा न–७ का वडाध्यक्ष विजय प्रसाद यादव र शिक्षा शाखा प्रमुख राज किशोर यादवले  मदरसा इस्लामीक प्राथमिक विद्यालय  व्यवस्थापन समितिमा नयाँ पदाधिकारी चयन गर्न कुनैपनि जानकारी नगराई आफु मातहतका व्यक्तिलाई समावेश गरेर आर्थिक अनियमितता गरेको  पुर्व अध्यक्ष अहमदले बताएका छन् ।
विद्यालय व्यवस्थापन समिति गठन गरी उक्त मदरसाको नाममा  नेपाल बैक लिमिटेडको मलंगवा शाखामा  चल्ती खाता समेत रहेकोले उनीहरू मिलेर विना जानकारीको नयाँ व्यवस्थापन समिति गठन गरेको आरोप लगाइएको छ । पारदर्शी रुपमा व्यवस्थापन समिति गठन गरिनुपर्ने, नवगठित समितिलाई बदर गरी पुनः पारदर्शी तरिकाले समिति गठन गर्नु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन समेत दिएको पुर्व अध्यक्ष अहमदले बताएका छन् ।
 अनियमित तरिकाबाट गठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको   व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कार्यवाही गर्नुपर्ने आफुहरुको माग रहेको पुर्व अध्यक्ष अहमदले बताएका छन् । भने स्थानीयबासीहरुले शुक्रवार शिवनगर स्थित उक्त  मदरसामा तालाबन्दी समेत गरेका छन् ।

सम्बन्धित समाचार