बरहथवा नगरपालिका २ हजरियका सात सय ३७ जना महिलाको पाठेघरको उपचार

1k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको बरहथवा नगरपालिका २,हजरियामा आयोजित २ दिने शिविरमा सात सय ३७ जना महिलाको पाठेघरको उपचार गरिएको छ । बरहथवा नगरपालिका २ मा रहेको हजरिया सेवा समाजको आयोजना तथा रिप्पल नेपालको प्राविधिक सहयोगमा शनिबार र आईतबार गरी दुई दिन आयोजना गरेको शिविरमा सात सय ३७ जना महिलाको पाठेघरको उपचार गरिएको हो । 
शनिबार चार सय ३५ र आईतबार तीन सय २ जना गरी सात सय ३७ जना महिलाले शिविरबाट सेवा लिएका बरहथवा नगरपालिका २ को हजरिया सेवा समाजका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । उनका अनुसार ८० जना पाठेघर खसेकाकबो उपचार,३४ जनाको पाठेघरमा रिंग राखिएको,३० जनाको शल्यक्रिया गरिएको तथा अन्य समस्या भएकाका महिलाहरुको उपचार गरिएको छ ।

सम्बन्धित समाचार