माओवादी केन्द्र सिन्धुलीमा संस्थापन र संस्थापन इतरको अन्तर कलह बढ्दै

511 Shares

नेकपा (माओवादी केन्द्र) सिन्धुलीमा पछिल्लो समय अन्तर कलह बढ्दै गएको पाइएको छ । माओवादी केन्द्र सिन्धुली भित्र जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)समुह र महेश्वर दाहाल एवम हरिबोल गजुरेल समुहको अन्तर कलह सडकमै छताछुल्ल हुन थालेको हो ।माओवादी केन्द्रले “घरघरमा माओवादी,जनजनमा माओवादी”भन्ने मुल नाराका साथ सञ्चालन गरेको चार महिने “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”को क्रममा जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको अराजक प्रवृतिलाई लक्षित गर्दै पार्टीलाई विधी पद्धतिमा सञ्चालन गर्नुपर्ने माग राखेर स्थानीय स्तरका पार्टी कमिटिहरुले लिखित रुपमै पार्टीका शिर्ष नेताहरुको ध्यानाकर्षण गराएपछि सो रहस्य बाहिरिएको हो ।
अभियान पछिको समिक्षा बैठकमा पार्टीको तल्ला कमिटिहरुले जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको नाम उल्लेख नगरेपनि पार्टी अराजक बन्दै गईरहेको तथा विधी र पद्धति बाहिर गएर आफ्नो स्वार्थ अनुकुल पार्टीलाई दुरुपयोग गरेको,पार्टीको नाममा श्रोत साधन कब्जा गर्दै व्यक्ति पुजामा प्रयोग गर्दै लगेको उल्लेख गरेका माओवादी केन्द्र सिन्धुलीका एक नेताले बताए ।पार्टीको तल्ला कमिटिहरुमा विस्तारै आफ्नो प्रभाव अन्त्य हुँदै गईरहेको र आफु घेराबन्दीमा परेको महसुस गर्दै आफ्ना पक्षका नेता,कार्यकर्ताहरुलाई गजुरेल र महेश्वरका बिरुद्ध अभिव्यक्ति दिन तथा उस्तै परे भिडन्तमै उत्रन समेत जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले तयारी गरिरहेका माओवादी केन्द्रकै नेता कार्यकर्ताहरुले बताए ।
अभियानकालागि जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको कार्यक्षेत्र काठमाडौँ तारकेश्वर नगरपालिका रहेको भएपनि सधै जसो उनी जिल्लामा नै रहेर आफ्नो अस्तीत्व रक्षाको लागी क्रियाशिल देखिएका पाइएको छ।अभियानको नेतृत्व गर्न सिन्धुली इन्चार्जको जिम्मेवारी लिएर आएका पुराना निष्ठावान नेता महेश्वरले सार्वजनिक रुपमै सिन्धुलीमा माओवादी केन्द्रको आन्दोलन पुरै विघटनको अवस्थामा रहेको उल्लेख गरेका थिए ।महेश्वरले सार्वजनिक रुपमै आफ्नो विचार राख्दै नयाँ ढंगले पार्टी पुनर्गठनको जरुरी रहेको बताएका थिए ।उनले सिन्धुलीमा जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले पार्टीका इमान्दार कार्यकर्ताहरुलाई लखेट्ने तथा जिम्मेवार बिहिन बनाएर राखेको र पार्टीलाई विघटन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)लाई रिर्पोटिङ्ग गरेपछि जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल पक्षका नेता कार्यकर्ताहरुले महेश्वर बिरुद्ध सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्तिहरु समेत दिएका थिए ।
जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल पक्षले अभियानको क्रममा जिल्ला इन्चार्ज भएर आएका महेश्वरलाई सार्वजनिक रुपमै कालोमोसो दल्ने चेतावनी समेत दिएका थिए । नेताहरुबीचको अन्तर विरोधका कारण माओवादी केन्द्र भित्रका इमान्दार कार्यकर्ताहरु भने निराश बन्दै गईरहेका माओवादी केन्द्रका एक नेताले बताए ।“पार्टी यहि तरिकाले चल्ने हो भने सकिन्छ,एउटै पार्टी भित्र नेताहरु बीच बोलचाल नहुने,एक अर्कालाई सार्वजनिक रुपमै गालि गर्ने परम्पराले पार्टी बन्दैन ।”माओवादी केन्द्रका एक नेताले बताए ।
 नेताहरु बीचको सम्बन्ध र अवस्था हेर्दा कार्यकर्ताहरु निराश बन्दै गईरहेको र वडा स्तरमा सम्मेलनहरु चलिरहेको भएपनि अहिले वडाको नेतृत्व कुन पक्षले हत्याउने भन्ने होडबाजी चलिरहेको छ ।माओवादी केन्द्रको आन्दोलनबाट आएका पुराना नेताहरु जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको बिरुद्ध खुलेरै लागेका थिए भने नयाँ माओवादीहरु जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाललाई संरक्षण गर्न लागीरहेका थिए ।सिन्धुलीका पुराना नेता गजुरेललाई पाखा लगाउदै संघीय निर्वाचनमा जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले टिकट लिएसँगै रुष्ट बनेका गजुरेलले पनि जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल बिरुद्ध अभिव्यक्ति दिदै आएको जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल पक्षका कार्यकर्ताहरुको आरोप छ । 
“अहिले जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल बिरुद्ध जुन हिसाबले मोर्चाबन्दी भईरहेको छ,त्यो सफल हुन सक्दैन ।जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल जनताको मनमनमा बस्न सफल नेता हुन ।पार्टी भित्रका टुरिष्ट नेताहरुले मोर्चाबन्दी गर्दैमा केही फरक पर्दैन ।जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालसँग पार्टी भित्र तथा बाहिरको श्रोतसाधन पनि नियन्त्रणमा रहेकाले अन्य नेताहरुले केहि गर्न सक्दैनन् ।”जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल पक्षका एक नेताले बताए ।तर “जिल्ला इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहाल निकै अराजक र माओवादी आन्दोलनको मर्म भावना विपरित चल्दा सिन्धुलीमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुमा विचलन आउन  सक्ने केही नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार