नैसर्गिक अधिकारलाई कुण्ठित गरी चरित्रहत्या गर्ने मिडिया विरुद्ध कानुनी बाटो खोज्ने बलको भनाई

266 Shares

विभिन्न सञ्चार माध्यामहरुमा आफ्ना विषयमा आएका समाचार प्रति एक महिलाले आपती जनाएकी छन् ।सर्लाहीको बागमती नगरपालिका ४ घर भई सम्बन्ध विच्छेद गरि माईतमा बस्दै आएकी संगीता कुमारी बलले माघ २५ गते विभिन्न सञ्चार माध्यामहरुले आफ्नो व्यक्तिगत स्वतन्त्रताको हक उपभोग गरि जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गरि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवसंग जोडेर आफुलाई अनावश्यक बदनाम गराउने काम गरेका भन्दै प्रेस विज्ञप्ती मार्फत आपती जनाएकी हुन ।
“हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वाईवासँग मेरो नाम जोडी बद्नाम गर्ने तथा व्यक्तिगत चरित्र हत्या गर्न सम्बन्ध विच्छेद भइसकेको व्यक्तिको भनाईलाई आधारमानी प्रकाशित निराधार र भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दछु ।”बलले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले आफ्नी श्रीमती भगाई दिएको भनि मेरो पूर्व पति भिम वहादुर मोक्तानले दिएको भनिएको उजुरीको विषयलाई लिएर केही अनलाईन संचार माध्यममा आएको समाचारको विषयमा समाचार प्रकाशन गर्नु पुर्व सम्बन्धित पक्षको सो विषय वस्तुउपर आफ्नो भनाई राख्न पाउने नैसर्गिक अधिकारलाई समेत वेवास्ता गरिएको भन्दै मेरो व्यक्तिगत चरित्र हत्या गर्ने किसिमले प्रकाशित समाचार प्रति घोर आपत्ति प्रकट गर्दै आवश्यक कानुनी उपचारको प्रकृया अवलम्वन गर्ने जानकारी गराउदै भ्रामक समाचारको पछि नलाग्न र उक्त समाचारमा सत्यता नरहेको सम्पूर्णमा अनुरोध गर्दछु ।”उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“निज भिम वहादुर मोक्तानसँग मेरो विवाह भएको र हामीबाट एक छोरीको जन्म भएको व्यहोरा साँचो हो तर निजले सधै मादक पदार्थ सेवन गरि झैझगडा गर्ने,गालीगलौज,कुटपिट गर्ने,शारिरिक तथा मानसिक यातना दिने,परिवार वाल वच्चालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप पटक पटक गरिरहेका कारणले आफ्नो जिउ ज्यानको असुरक्षा भएको महशुस भएपछि निजसँगको वैवाहिक जीवन अगाडी वढ्न नसक्ने देखि मिति २०७८ साल भादौ १३ गते काठमाण्डौ जिल्ला अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दायर गरि अदालतवाट मिति २०८० वैशाख ५ गते निजसँगको सम्बन्ध विच्छेदको फैसला भई छुट्टै वस्दै आईरहेको छु ।
मेरो व्यक्तिगत स्वतन्त्रताको हक उपभोग गरि जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गरि पालिका अध्यक्षसँग मेरो नाम जोडी बदनाम गर्ने तथा व्यक्तिगत चरित्र हत्या गर्नसम्बन्ध विच्छेद भइसकेको व्यक्तिको भनाईलाई आधारमानी प्रकाशित निराधार र भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दै आवस्यक कानुनी उपचारको प्रकृया अवलम्वन गर्ने जानकारी गराउदै भ्रामक समाचारको पछि नलाग्न र उक्त समाचारमा सत्यता नरहेको सम्पूर्णमा अनुरोध गर्दछु ।”उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ती महिलासंग जोडेर केही स्थानीय राजनितिक दलहरुको इसारमा केही मिडियाहरुले जनतालाई भ्रमछर्ने काम गरेका भन्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले समेत आपती जनाएका छन् ।उनले स्थानीय निकायको निर्वाचनामा पराजय बेहोरेको छटपटाहटलाई नेकपा(एमाले) हरिहरपुगढी गाउँ कमिटिले जनतालाई भ्रम छर्ने काम गरेको बताए ।

सम्बन्धित समाचार