चार महिना मै प्रहरी उपरिक्षक धितालको काज फिर्ता,प्रहरी उपरिक्षक ज्ञावाली सर्लाही आउँदै

151 Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालको काज फिर्ता भएको छ।विगत करिब चार महिना पहिला सर्लाहीमा काज सरुवा भई आएका प्रहरी उपरिक्षक धितालको देशभरका ७८ प्रहरी उपरिक्षकहरुको सरुवा तथा काज फिर्ता अन्र्तगत काज फिर्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विगत करिब चार महिना पहिला सर्लाही आएका प्रहरी उपरीक्षक धितालले जिल्लामा करिब दुई दर्जन घुमुवा राखेर असुली चलाएका,हबल्दार छविलाल साहलाई मुख्य घुमुवा राखि हतियार सहित भारतिय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको विषयमा मौन बसेका,सर्वसाधारणलाई अनावश्यक दुःख दिने र तस्कर तथा ठूला व्यपारीहरुबाट कमिसन असुलि काम गर्न सहजता प्रदान गर्ने गरेका,जिल्लाका जनप्रतिनिधिहरुका साथै राजनीतिक दलहरुसंग सम्बन्ध बनाउन नसकेका,भारतिय हत्यारा तथा शरीर बन्धककर्ताहरुको सर्लाहीका विभिन्न स्थानहरुमा आश्रय हुँदा पनि छानविन र खोज तलासमा खासै वास्ता नगरेका,प्रहरी संगठनको आफुलाई बादसाह सम्झिने उनीबाट प्रहरी संगठनका तल्लो दर्जाका प्रहरी कर्माचारीहरुलाई मानसिक तनाव सृजना गराएका र मधेश प्रदेश प्रहरी कार्यालयका विशेष अधिकारीहरु सहित आफुभन्दा माथिल्लो तहका प्रहरी अधिकारीहरुको विषयमा प्रहरी प्रधान कार्यालयमा अनावश्यक कुरा लगाउने गरेका उनको चारै महिनामा काज फिर्ता भएको प्रहरी स्रोतको भनाई छ ।
विगत करिब चार महिनादेखि काजमा सर्लाहीमा रहेका प्रहरी उपरिक्षक धिताललाई सर्लाहीबाट काज फिर्ता गरि जिल्ला प्रहरी कार्यालय बर्दियामा दरबन्दी कायम गरी पठाइएको सूचना प्रहरी प्रधान कार्यालयले जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक नरेशराज सुवेदीको सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक धिताललाई सर्लाहीमा काज सरुवा गरेर पठाएको थियो ।सर्लाहीबाट विगत करिब चार महिना पहिला प्रहरी प्रधान कार्यालय सरुवा भएका प्रहरी उपरिक्षक सुवेदीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुख बनाएर प्रहरी प्रधान कार्यालयले पठाएको छ भने सर्लाहीमा प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीलाई प्रहरी प्रमुख बनाएर पठाउने प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेका छ ।

सम्बन्धित समाचार