माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

197 Shares

नेकपा(माओवादी केन्द्र)को विधान परिमार्जनसहित पारित भएको छ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रस्तुत गरेको विधान परिमार्जन सहित पारित भएको माओवादी केन्द्रमा प्रवक्ता एवम निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्रथम अधिवेशनमा छलफलबाट समूहगत सुझावका आधारमा तयार पारिएको परिमार्जित विधान पारित गरिएको हो।विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहालले विश्वास लिएका छन् ।
विधान अधिवेशन लगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने समेत माओवादी केन्द्रका प्रवक्ता सापकोटाले बताए ।उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको समेत बताएका छन् ।माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहालले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामा २० समूहबाट सुझाव संकलन गरिएको महासचिव वर्षमान पुन (अनन्त)ले बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमनत्री दाहालले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवा विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गरेपछि प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमनत्री दाहालले बताएका छन् ।
अध्यक्ष एवम प्रधानमन्त्री दाहालले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने,समितिबाट निर्वाचन गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको समेत बताए।आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै आगामी अधिवेशनबाट एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइने समेत अध्यक्ष एवम प्रधानमन्त्री दाहालले बताए ।
आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय टिम बनाउने र त्यसैलाई प्रभावकारी बनाइने अध्यक्ष एवम प्रधानमन्त्री दाहालले बताए।योग्यता र कार्यअवधिको व्यवस्था नियमावलीमा गर्न उचित हुने उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने समेत बताएका छन् ।प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै अध्यक्ष एवम प्रधानमन्त्री दाहालले संघियता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने समेत बताए ।
नाम र चुनाव चिन्हको विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै उनले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने समेत बताएका माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।अध्यक्ष एवम प्रधानमन्त्री दाहालले पार्टीका विभिन्न मोर्चालाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय संगठनलाई पनि विस्तार गरिने समेत बताए ।

सम्बन्धित समाचार