लालबन्दी नगरपालिकाकाे भवन निर्माणमा अनियमितता गरेका ठेकेदारहरु सहित बैँकका कर्माचारी दाेषी ठहर

146 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणमा अनियमितता गरेकाे विषयमा दोषी ठहर भएका सन्तोष विक्रम साहलाई सजाय तोकेको छ।भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार साहलाई बिगोबराबर रु ४२ लाख जरिवाना र चार वर्ष कैद हुने ठहर गरेको विशेष अदालतले जनाएको छ। माघ २५ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले साे मुद्दामा अन्तिम निर्णय गरेका हुन । ठेकेदार शिवनन्दन पासवान र साहलाई विशेष अदालतले दोषी ठहर गरेको थियो। साह नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत रहेका छन् भने ठेकेदार मध्येका अनिल गुप्ताले भने यस मुद्दामा सफाइ पाएका छन्।

ठेकेदार पासवानलाई सोही दिन दुई वर्ष कैद र बिगोबराबरको रु ४२ लाख जफत हुने फैसला भएकोमा साहको सजाय बिहीबार तोकिएको विशेष अदालतले जनाएको छ।  भवन बनाउने ठेक्का पाएका लोकवीर बेताली–पाँचकुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानले रु ४२ लाख बराबरको नक्कली अग्रिम भुक्तानी जमानत तयार गरेको भेटिएको थियो। उनीहरूले उक्त नक्कली ग्यारेन्टीका आधारमा भुक्तानीसमेत लिइसकेका ।

त्यसपछि नगरपालिका भवन निर्माण कार्य रोकिएको थियो ।यसरी नक्कली बैंक ग्यारेन्टी बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहले गरेको भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले उनलाई पनि प्रतिवादी बनाएको थियो। अख्तियारले अनुसन्धानपछि २०७८ भदौ २२ गते तीनैजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार