सरस्वतीको मूर्ति विसर्जनको विषयलाई लिएर विवाद भएपछि रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु घोषणा

201 Shares

रौतहटको इशनाथ नगरपालिकामा शनिबार बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।मूर्ति विसर्जनको विषयलाई लिएर दुई पक्षबीच विवाद भई अवस्था नियन्त्रण बाहिर गएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका हुन् ।
उनले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति विसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद हुँदै आएको थियो। 
विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी रेग्मी,जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठसहित स्थानीय तथा प्रदेश र संघिय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा छलफल भई सहमति भएपनि दुई पक्षबीच पुनःझडप भएपछि अन्य मानविय तथा भौतिक क्षेत्ती नहोस भन्नका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
“इशनाथ नगरपालिकाको घिउरामा पुनःविवाद र झडपको स्थिति उत्पन्न भएकोले सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले ईशनाथ नगरपालिका क्षेत्रमा स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ । ”प्रमुख जिल्ला अधिकारी रेग्मीद्धारा हस्ताक्षरीत अनिश्चितकालीन कर्फ्यू आदेशमा उल्लेख गरिएको छ ।
“स्थानीय प्रशासनले पूर्वमा जोकहा गाउँ,पश्चिममा सानो जोकहाँ गाउँ,उत्तरमा रामपुरखाप गाउँ र दक्षिणमा जयनगर प्रहरी चौकी चार किल्ला तोकेको र स्थानीय प्रशासनले अर्को आदेश नआएसम्म अनिश्चितकालीन कर्फ्यू जारी रहने जनाएको छ। अनिश्चितकालीन कर्फ्यू जारी भएको क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाईने,भेला हुन,गर्न नपाइने,बाहिर हिँडडुल गर्न,जुलुस प्रदशर्न गर्न,घेराउ ¥याली गर्न,एवम अरु कुनै प्रकारको उच्छङ्खल गतिविधि गर्न नपाउने” अनिश्चितकालीन कर्फ्यू आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचार