बागमतीमा वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना हुने

182 Shares

सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बागमती नगरपालिकाले फागुन १२ गते शनिबार वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा फागुन १२ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्धघाटन गर्ने भएका हुन “शिक्षा,स्वास्थ्य,रोजगार,त्यसैका लागि पूर्वाधार”भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले जानकारी दिए ।
उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन हुने र नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने तयारी भएको छ ।समुदायलाई विद्यालयसँग जोड्ने प्रयत्न स्वरूप १० औं हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक भेषभुषामा झाँकी सहितको प्रस्तुती,हरेक विद्यालय,टोल र वडाबाट आ–आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै“हामी सुधार गछौं,हाम्रो विद्यालय”जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने भएकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा उपस्थित हुन पनि नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार