सात महिना पछि हरिपुर्वाकाे ११ औँ नगर सभा सम्पन्न

180 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिकाकाले आफ्नाे ११औं नगर सभा साेमबार सम्पन्न भएकाे छ ।चालू आर्थिक वर्षकाे वार्षिक बजेट नीति तथा कार्यक्रम सात महिना वितिसक्दा पनि ल्याउन नसकेकाे हरिपुर्वा नगरपालिकाले साेमबार ११औं नगर सभा साेमबार सम्पन्न गरेकाे नगर प्रमुख विनाेद साहले जानकारी दिए ।

उनका अनुसार नगरकार्यपालिकाका बहुमत सदस्यहरुकाे सहभागितामा नगरसभा सम्पन्न भएकाे हाे ।नगर सभा सुरु भए पछि बाहिर भने सभा हुनुपर्छ र हुनुहुँदैन भन्ने पक्षधरहरु विच केही विवाद समेत भएको भए पनि नगर प्रमुख साहकाे विशेष पहलमा नगर सभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले बताए । नगर सभा हुन नसक्दा चालू आर्थिक वर्षकाे साउनदेखि तलब नपाएपछि कर्मचारीहरु अघिल्लो हप्ताको आइतबारदेखि र शिक्षकहरु हिजाे आइतबारबाट नगरभित्रका १६ वटै सामुदायिक विद्यालय बन्द गरेर धर्नामा बसेपछि नगरप्रमुख साहसहितका जनप्रतिनिधिलाई नगर सभा गरेर बजेट पारित गर्नुपर्ने दबाब परेको थियाे ।

नगर सभा चलिरहेकाे अवस्थामा ४ जना वडाध्यक्षहरुले सभा स्थलमै विराेध प्रदर्शन गर्दै कुर्सी टेबुल ताेडफाेड गरेकाे तथा केही जनप्रतिनिधि माथि कुटपिट समेत भएको नगर प्रमुख साहले बताए ।एक पक्षले नगरसभा गर्ने र अर्को पक्षले विरोध जनाउने भएपछि साेमबार बिहानैदेखि हरिपूर्वा क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार