आठौं सुर्यनगर गोल्डकपकाे उपाधी बागमतीलाई

202 Shares

सर्लाहीको बागमती युवा क्लब,आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको विजेता बनेकाे छ । साेमबार नवलपरासीको सुर्यनगर रंगशालामा भएको फाइनल खेलमा ए डिभिजन लिगकाे नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लबले उपाधी कब्जा गरेकाे बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताकाे पहिलाे हाफकाे २५ औँ मिनेटमा बागमती युवा क्लबका खेलाडी अभि लामाले गरेको एक गोल नै बागमती युवा क्लबको विजेता हुन निर्णयक गोल बनेको हो । साेमबार भएको फाईनल खेलमा नवलपरासी-११ लाई सेमी फाईनलमा पराजीत गर्दै फाईनलमा प्रवेश गरेको नेपाल पुलिस क्लबमाथि बागमती युवा क्लबले सानदार खेल प्रस्तुत गर्दै आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधी बागमती युवा क्लबले हात पारेकाे क्लबका सचिव कुमार प्रधानले जानकारी दिए ।

नव युवा क्लब,बर्दघाट- १६, सुर्यनगरको आयोजनामा माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सम्पन्न भएको हाे ।बागमती युवा क्लब सर्लाही,राईट लेन एजुकेशन बागमती युवा क्लब बागमती सर्लाही सहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल पुलिस क्लब उप विजेता बनेकाे आयाेजकले जनाएको छ । नटआउट चरणमा भएको प्रतियोगितामा विजेता भएको बागमतीले उपाधिसहित नगद रु पाँच लाख हात पारेकाे छ भने उपविजेता बनेकाे नेपाल पुलिसले नगद रु तीन लाख प्राप्त गरेकाे आयोजकले जनाएको छ । मोफसलमा रहेर फुटबल क्षेत्रमा निकै प्रगति गरेको बागमती युवा क्लब सर्लाहीले पछिल्लो समय भएका धेरै प्रतियोगिताहरुमा ए डिभिजन लिगका केही क्लबहरुलाई समेत पराजित गरि सकेकाले छ ।

सम्बन्धित समाचार