बागवानीकाे लिची अहिले सम्मकै सबैभन्दा धेरै २७ लाख भन्दा बढीमा ठेक्का लाग्याे

202 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको लिची रु २७ लाख भन्दा बढीमा ठेक्का लागेको छ। देशकै सबैभन्दा ठूलो बागवानीमा छ सय २१ वटा लिचीका बोट रहेका र यो अहिले सम्मकै सबैभन्दा धेरै रु २७ लाख १५ हजारमा ठेक्का लागेको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका निमित्त बरिष्ठ बागवानी विकास अधिकृत राम कुमार यादवले बताए।
उनका अनुसार बागवानीमा छ सय २१ वटा विभिन्न प्रजातिका लिचीका बोटहरु रहेका छन् । यस वर्ष केन्द्रले लिची फूल खेल्ने बित्तिकै  ठेक्का लगाएको हो। “लिचीको यो ठेक्का रकम अहिले सम्मकै सबैभन्दा धेरै हो” निमित्त बरिष्ठ बागवानी विकास अधिकृत यादवले बताए।“केन्द्रको लिची अहिलेसम्म रु २२ लाख भन्दा माथि ठेक्का लागेको थिएन।यस वर्ष रु २७ लाख भन्दा धेरैमा ठेक्का लगाएका छौँ। बगैँचा व्यावस्थापनका साथैै केन्द्रका सबै कर्माचारीहरुको टिम मिलेर काम गरेका कारण यो सफल्ता प्राप्त भएको हो ।” निमित्त बरिष्ठ बागवानी विकास अधिकृत यादवले बताए।
विगतका वर्षमा उधारोमा ठेक्का लाग्दै आएको लिची यस वर्ष नगदमै ठेक्का लागेको केन्द्रले जनाएको छ।मल,पानीको व्यवस्थापन र गोडमेलसहितको स्याहारको कारण बागवानीमा यस वर्ष लिचीको उत्पादन पनि बढ्ने अनुमान गरिएको केन्द्रले जनाएको छ। करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ सय २१ वटा लिचीका बोटहरु रहेका छन्। केन्द्रको स्थापना देखि हाल सम्ममा गत वर्ष आँपले रेकर्ड तोडेको थियो भने यस वर्ष लिचीले हाल सम्म कै रेकर्ड तोडेको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार