खेर गएको बाँझो एक सय २० बिघा जमिनमा हरियाँली नगर बगैँचा

198 Shares

सर्लाहीको बागमती नगरपालिकाले बुढी बागमती नदी किनारको खेर गएको बाँझो जग्गाको उपयोग गर्दै एक सय २० बिघामा नगर बगैँचा निर्माण गरेको छ ।बगैँचाबाट फलफूल बेचेर नगरपालिकाको दीर्घकालीन रुपमा आम्दानी स्रोत बढ्ने र जग्गाको संरक्षण समेत हुने भएकाले नगर बगैँचा निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।उनका अनुसार आन्तरीक आम्दानी,उत्पादन र रोजगारीलाई जोड्न नगरपालिकाले करिब एक सय २० बिघा खेर गएको बाँझो जमिनमा नगर बगैँचा निर्माण गरेको हो ।
बागमती नगरपाकिला ३,४ र १२ मा करिब चार वर्ष अघिबाट बनाउन सुरु गरिएको नगर बगैँचामा अहिले आँपका विरुवाहरु हुर्किन थालेका बागमती नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत अवधेश कुमार झाले बताए । उनका अनुसार गत वर्षबाट आँपको विरुवामा फूलसमेत फुल्न थालेको छ भने सुरुवात मै उक सय ७८ जनाले रोजगारी पाउने छन् ।खेर गएको बाँझो जग्गालाई सदुपयोग गर्ने तर्फ नगरपालिकाले ध्यान दिँदै नगर बगैँचा तयार पारेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् ।उनका अनुसार पर्यावरणको संरक्षण गर्दै नगरको दिर्घकालीन आन्तरीक आयस्रोत,उत्पादक र रोजगारी सृजना गर्ने लक्ष्य सहित बुढी बागमती किनारको खेर गएको जमिनमा नगर बगौचा निर्माण गरेको हो ।
नगर बगैँचामा अम्रपालि,मल्लिका,बम्बई,दशहरी लगायत गरी करिब १५ हजार आँपका विरुवाहरु रोपिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।नगरपालिकाले बागमती माछा पोखरी(भरत ताल)वरिपरि तथा नगरपालिकाका अन्य सार्वजनिक उपयोगमा नआएका जग्गामा आँपको बगैँचा निर्माण गरेको हो ।
फलफूल रोप्दा झाडि मात्र नहटि खोला र वनको संरक्षण हुने र नगरपालिकालाई आर्थिक स्रोतका साथै स्थानीयलाई रोजगार बनाउन नगर बगैँचा स्थापना भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।उनका अनुसार नगर बगैँचाको आँप गत वर्षबाट फूल्न थालेको भएपनि फूल नष्ट गरिएकाले हालसम्म आँप बिक्री सुरु भएको छैन तर यस वर्षबाट आँप पनि नगरपालिकाले ठेक्का लगाउने तयारी गरेको छ ।
आँप बहुवर्षे विरुवा भएकाले रोपेको करिब १० वर्षपछि राम्रोसँग फल्न थाल्ने र ५० वर्ष भन्दा धेरै समयसम्म फल्ने कृषि प्राविधिकहरुको भनाई छ ।लामो समयसम्म यसले आम्दानी दिने भएकाले नगरपालिकाको दिगो आन्तरीक आय स्रोत बन्नुका साथै नगरभित्रका बेरोजगार नागरिकहरुले रोजगारी पाउने नगरपालिकाले जनाएको छ । 

सम्बन्धित समाचार