सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग ‘ब्रेक थ्रु’

117 Shares

काठमाडाैं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । 

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । ब्रेक थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रुपान्तरणकारी आयोजना भएको बताए। उनले यस्ता आयोजनाहरु निर्माण सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । 

Sunkoshi.jpg

 प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गरेका छन् । 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली वागमती नदी हुँदै वागमती सिंचाई आयोजनामा पुर्‍याउनेछ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका ४५ हजार ६०० हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । करिव ४६ अर्ब लागतको यो आयोजना निर्माण सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार