अमेरिकाले सन्दीपलाई दिएन भिसा, अब के होला ?

245 Shares

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

अमेरिकी दुतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको जानकारी सन्दीप आफैले सामाजिक सञ्जालमार्फत दिएका छन्। 

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि पनि २०१९ मा अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि सर्वत्र आलोचना भएपछि दुतावासले फेरि बोलाएर प्रक्रिया पुरा गरेर भिसा दिएको थियो । 

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले दुख व्यक्त गरेका छन् । दुतावासले किन भिसा दिन अस्विकार गर्‍यो भन्ने विषय भने खुलेको छैन् । सन्दीपले भिसा नपाएपछि नेपाल क्रिकेट संघले भने भिसा सहजीकरणको प्रयास गरिरहेको जानकारी दिएको छ । 

सम्बन्धित समाचार