सडक डिभिजनको गेटैमा फोहोर फाल्ने बालेनलाई अराजक नबन्न चेतावनी

200 Shares

काठमाडाैं । कलंकी-महाराजगञ्ज क्षेत्र आसपासमा सडक समयमै निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेपेको भन्दै फोहोर र धुलो सडक डिभिजन कार्यालयको गेटैमा फाल्ने काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कदमलाई लिएर आलोचना शुरु भएको छ । 

जिम्मेवार स्थानीय सरकारले अराजक व्यवहार प्रदर्शन गर्दै कानूनी राज्यको उपहास गरेको भन्दै सडक विभागले वक्तव्य जारी गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ । 

शनिबार दिउसो महानगरको गाडीले फालोको फोहोर र धुलोको भिडियो सार्वजनिक गर्दै भाैतिक पूर्वाधारमन्त्री रघुबीर महासेठलाई मायाको उपहार भन्दै खुशी साटेका बालेन्द्रलााई सडक डिभिजनको मापदण्डलाई मिच्ने कामको ढाकछेप गर्न फोहोर र धुलो फाल्ने काम भएको डिभिजन कार्यालयले लगाएको छ । 

डिभिजन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइन्छ,’ सूचना अधिकारी प्रमोद खतिवडाको हस्ताक्षरमा जारी डिभिजन कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको ‘स्ट्यान्डर्ड’ चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ।’

यद्यपी बालेन्द्रले राम्रो काम गरेको भन्दै सामाजिक सञ्जवालमा वाहवाही पनि उत्तिकै मात्रामा देखिन्छ । 

विज्ञप्तिः

विज्ञप्ति.jpg

 

सम्बन्धित समाचार