मोदीको सपथमा प्रचण्ड सहभागी हुने

171 Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुने भएका छन् । 

भारतमा नरेन्द्र मोदीले तेश्रो कार्यकालका लागि आइतबार पद तथा गोपनियताको सपथ लिदैछन् । एनडीए गठबन्धनले मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । यस्तोमा मोदी आइतबार प्रधानमन्त्रीको सपथ लिदैछन् । 

निर्वाचित भएपछि मोदीलाई बधाई दिन प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको र दुबै नेताहरुले हार्दिकता आदानप्रदान गरेको बताइएको छ । मोदीले प्रचण्डको शुभकामना स्वीकार गर्दै फोनमै सपथ समारोहमा सहभागीताको लागि निमन्त्रणा गरेको बताइएको छ । 

सम्बन्धित समाचार