राजदूत फिर्ता बोलाउने निर्णयमा प्रधानमन्त्रीले स्वीकार गरे गल्ति

263 Shares

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले राजदूत फिर्ता बोलाउने विषयमा परिक्कता प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । 

सरकारले विभिन्न देशका ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसमा भारतका राजदूत पनि परेका थिए । तर, प्रधानमन्त्रीको भारत भ्रमणको केहिदिन पहिलेमात्रै यस्तो निर्णय गरेपछि सरकारको आलोचना भइरहेको छ । 

सरकारको आलोचनापछि प्रधानमन्त्री प्रचण्डले राजदूत फिर्ता बोलाउने निर्णय २ दिपछि गर्न सकिन्थ्यो भन्दै गल्ति स्वीकार गरेका छन् । 

सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘राजदूत फिर्ता बोलाउने निर्णय यही बेला पर्नु संयोग मात्र हो ।’

राजदूत फिर्ता बोलाउने निर्णय गर्ने क्रममा ध्यान पुग्न नसकेको स्वीकार गर्दै उनले भने, ‘२ दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

 

सम्बन्धित समाचार