नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयोः झक्कु सुवेदी

171 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन ।व

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए । पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको सुवेदीको दाबी छ ।

‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे । तर मलाई त्यस्तो लाग्दैन । हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई अहिले हल्लाले छोपेको छ । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’ 

नेता सुवेदीले गणतन्त्र देशीको शीर रहेको र यसको जगेर्णा गर्ने जिम्मेवारी सबैको भएको बताए । 

 

सम्बन्धित समाचार