माओवादीकै सांसदले भनेः पुरानो शैलीबाट बजेट आयो

107 Shares

काठमाडाैं । सरकारले ल्याएको आगामी वर्षको बजेटमा माओवादी केन्द्रका सांसदले नै विरोध गरेका छन्। 

माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेट पुरान‍ो मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाएका हुन् । 

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं’ सांसद सापकोटाले भने, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’

बजेट वितरणमा सरकारले निर्वाचन जित्ने आधार खोजेको आरोप समेत सांसद सापकोटाले लगाएका छन । 

 

सम्बन्धित समाचार