टिकटक लगायत सामाजिक सञ्जालसँग नेपालको कुनैपनि आपत्ति छैनः मन्त्री शर्मा

178 Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको कानून अनुसार समाजलाई मान्य हुने गरि टिकटक लगयताका कुनैपनि सामाजिक सञ्जकालसँग आपत्ति नहुने बताएकी छन् । 

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको कानुनअनुसार समाजलाई मान्य हुने गरी चलाउँदा टिकटक लगायत कुनैपनि सञ्जालहरूसँग आपत्ति नरहेको बताएकी हुन्।

सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् ।

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् ।

सम्बन्धित समाचार