प्रधानमन्त्री प्रचण्डलाई आफू किन प्रधानमन्त्री बनेको भन्ने थाहा छैनः गगन थापा

127 Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई आफू किन प्रधानमन्त्री बनेको भन्ने कारण थाहा नभएको आरोप लगाएका छन् । 

काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई  प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको बताएका हुन् । 

देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको थापाको आरोप छ । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । 

प्रचण्डले जसरीपनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको थापाको आरोप छ । महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको भन्दै एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको दाबी गरे । 

सम्बन्धित समाचार