आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री

173 Shares

काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् । 

शनिवारबाट ललितपुरमा शुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै मन्त्री पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताए ।

उनले नेपालका लागि आइटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको पनि बताए । १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको उनको दाबी छ ।

काठमाडौंमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरु हेरिसकिएको पनि र सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको पुनको भनाई छ। सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने योजना समेत मन्त्री पुनले सुनाए । 

सम्बन्धित समाचार