सरकारले राम्रो काम गर्न नसकेको ओलीको आरोप

149 Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् ।

शनिवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन् । 

एक÷दुई जनाको मुख हेरेर सरकारमा छँदै छाैं भनेर नहुने उनको भनाइ थियो । नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको ओलीको जिकिर छ  । 

मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्नका लागि ओलीले आग्रह गरे । ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिनेमा उनको जोड छ । 

यस्तै, नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताए । 

सम्बन्धित समाचार