सत्ता समिकरणमा कुनै समस्या छैनः गृहमन्त्री लामिछाने

113 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सत्ता समिकरणमा कुनै समस्या नभएको बताएका छन् । 

सत्ता समिकरणमा कुनै समस्या नआएको दाबी गरेका गृहमन्त्री रविले बजेटका सन्दर्भमा समस्या भएपनि सत्ता समिकरणमा समस्या नआएको बताएका हुन् । 

‘हुन त त्यो कुरा बजेटका विषयलाई लिएर आएको हो,’ लामिछानेले भने, ‘बजेटका विषयमा र यसको तौरतरिकाका सवालमा सत्तारुढ दलभित्र असन्तुष्टि जरुर छ। जुन ढंगले हामीले बजेट ल्याइरहेका छौँ, यसमा प्रक्रियागत सुधारका कुराहरु छन्। कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन।’

सम्बन्धित समाचार