राष्ट्रपति पाैडेलले भेटे जर्मनी राष्ट्रपति

117 Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेल र जर्मनीका समकक्षी  फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी गएका राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइनमायरलाई भेटेका हुन् । 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी गएका हुन् ।

भेटवार्ताको क्रममा राष्टरपति पाैडेले नेपाल जर्मनी सम्बन्धदेखि विभिन्न विषयमा चर्चा गरेको बताइएको छ। 

सम्बन्धित समाचार