रुसले भन्यो– भारतसँग हरेक मुद्दामा वार्ता हुनेछ

141 Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै रुस भ्रमणमा जाँदैछन् । आसन्न भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच कयौं मुद्दामा कुराकानी हुने रुसी राष्ट्रपति भवन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।

मोदीको यात्राको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणको मिति छिट्टै घोषणा गरिने पनि पेस्कोभले बताए । पुटिन र मोदीले आगामी भेटमा क्षेत्रीय र विश्वव्यापी सुरक्षा, व्यापार जस्ता एजेन्डामा वार्ता गर्ने पेस्कोभलाई उद्धृत गर्दै रुसको सरकारी समाचार एजेन्सी तासले समाचार छापेको छ ।

सम्बन्धित समाचार