क्लब अफ सायाको स्वास्थ्य शिविरबाट २ सय बढी लाभान्वित

164 Shares

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

काठमाडौंको नैकापस्थित ओम समाज हस्पिटलसँगको सहकार्यमा सायाले स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

सायाले आयोजना गरेको शिविरमा २ सय बढीले सेवा लिएको सायाका उपाध्यक्ष रणबहादुर गुरुङ `रविन´ले बताएका छन् ।  

3C24041B-4A33-4BDA-A6CF-3C5BFE32125C.jpeg

स्वास्थ्य शिविरमा क्लबका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यसहित ओम समाजका अध्यक्ष समेत रहेका दन्त चिकित्सक डा. सुवाष घिमिरे समेत उपस्थित भएको बताइएको छ ।

सम्बन्धित समाचार