असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला

117 Shares

काठमाडाैं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैलाले २८ गतेसम्म मन्त्रालयको भागबण्डा टुंगो लगाइसक्ने दाबी गरेका छन् । 

कांग्रेस-एमालेबीच सत्ता सहकार्यको सहमतिसँगै दुई दलले नयाँ सरकार गठका लागि २८ गते पर्खिनुपर्ने भएकाले पनि उनीहरुले त्यो बेला सम्म मन्त्रालयको बागबण्डा लगाइसक्ने बर्ताैलाको दाबी छ । 

एमाले प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताएका छन् । 

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी कांग्रेस सहितका दलहरुसँग छलफल हुने दाबी गरे । 

सम्बन्धित समाचार