काठमाडाैं । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस गरेका कृष्णमान प्रधानले नाम फिर्ता लिएका छन् ।
संसदीय सुनुवाई समितिले आफ्नो नाम अस्वीकृत गर्ने भएपछि प्रधानले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाईमा सहभागी भएका प्रधानले नाम फिर्ता लिएपछि उनी अस्वीकृत हुनबाट जोगिएका छन् ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका छन् । यो विषयमा आजै ५ बजे बस्ने समितिको बैठकले थप निर्णय गर्ने बताइएको छ ।
संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।
उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन् ।