प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने माओवादी केन्द्रको निर्णय

279 Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।

प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आफू केन्द्रिय समिति बैठकपछि जनतामा जाने प्रतिबद्धता समेत व्यक्त गरेको बताइएको छ ।  

५ दिन लामो पार्टी पदाधिकारी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले  प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए । 

यस्तै, उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए ।

सम्बन्धित समाचार