मुख्यमन्त्रीको राजीनामा, नेतृत्व अब कसको ?

185 Shares

काठमाडौं । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिइसकेका छन् । विश्वासको मत पाउने सम्भावना नदेखेपछि सोडारीले मुख्यमन्त्रीबाट राजीनामा दिए ।

गएको वैशाख ६ गते एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० मा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका    हुन् ।

सोडारीको राजीनामासँगै नयाँ सरकार गठनको प्रकृया जारी छ । सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीका लागि तीन जना आकांक्षीले सक्रियता बढाएकाले पनि कांग्रेसभित्र सकस रहेको छ ।

 

 

सम्बन्धित समाचार