२२ असोज, काठमाण्डौँ। चिनको सिचुवान प्रान्तमा खाने खाना अब काठमाडौँको गोँगबुमा पाईने भएको छ । विगत डेढ दशकदेखि काठमाण्डौँ ठमेलमा चिनीया खाना पस्कँदै आएको ‘न्यू छोङ छिङ वेई’ रेष्टुरेन्टले भर्खरै गोँगबुमा पनि आफ्नो शाखा विस्तार गरेको हो । युवा व्यवसायी रमेश विश्वकर्माले उक्त रेष्टुरेन्ट झण्डै ५० लाख लगानी गरेर सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्टका सञ्चालक विश्वकर्माले चिनिया खानाका पारखी बढेसँगै ठमेलबाट काठमाडौँको गोँगबु चोकमा सेवा विस्तार गरिएको जानकारी दिए । दुइहप्ता अघिदेखि संचालनमा आएको उक्त रेष्टुरेन्टमा ५० देखि ६० जनाले सजिलै खाना खान मिल्ने व्यवस्था गरिएको छ ।
चिनको सिचुवान प्रान्तको खाना (लाचिजी, हुईकोरो, कुम्भाउचिडिन) लगायत, बेइजिङका केही परिकार, हुनानका परिकारको स्वाद समेत लिन पाईन्छ । पारिवारिक वातावरणमा (फ्यामिली प्याकेजी), युवायुवती लक्षित विभिन्न प्याकेजहरु उपलब्ध गराउँदै आएको सञ्चालक विश्वकर्माले बताए ।
उक्त रेष्टुरेन्टमा पाँच जनासम्मको समुहले रु ३ हजार, १० जनासम्मले रु ५ हजार ५०० मा खाना खान पाउने व्यवस्था मिलाइएको छ ।
भर्खरैसंचालनमा आएको उक्त रेष्टुरेन्टले घरमै बसेर खान चाहानेहरुका लागि समेत होम डेलिभरीको व्यवस्था गर्दैै आएको वि.क.ले बताएका छन् ।