61
Shares
काठमाडौं, । वर्तमान सरकारले कांग्रेस महामन्त्री गगन थापाको इगो सम्बोधन गर्न र आफ्नो कुर्सी जोगाउनका लागि रास्वपा सभापति लामिछानमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ । वर्तमान सरकार नैतिक रुपमा मरिसकेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता रमेश प्रसाईँले वर्तमान सरकारको कदम अपराधी, पूर्वाग्रही र राजनीतिक प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । हिजो पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सहकारी पीडितहरुको पीडालाई विषयान्तर गर्न, पार्टीनिकट ठगहरुलाई चोख्याउन साह्रा आरोप रवि लामिछानेमाथि लगाइएको बताएका हुन् ।