समृद्ध बागमती बनाउछौँ ः बागमती नगरपालिकाका नगर प्रमुख थापा

872 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफूहरु समृद्ध बागमती बनाउने अभियानमा लागेको बताउनु भयो । स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भएको एक वर्षको अवसरमा कमलामाई मिडिया प्रा.लिकुरा गर्दै नगर प्रमुख थापाले संघियताको महसुस जनताले गर्ने गरी समृद्ध बागमती बनाउने अभियानमा लागेको बताए ।
उनले बागमती नगरपालिकाका सबै जनप्रतिनिधिहरु मिडियाबाजी गर्नमा भन्दा पनि नगरको विकास शुसासन र समृद्धीमा तत्लीन भएको बताए ।“हामी मिडिया बाजी भन्दा पनि जनताका समस्या,गुनासा र आवश्यकतामा लाग्छौँ,त्यसपछि मिडियाकर्मीहरु हामीलाई खोज्दै आउनु हुन्छ ।”नगर प्रमुख थापाले बताए ।
“विकास निर्माणको नाममा एउटा सिन्को पनि नभाँच्ने अनि टेबुलमा बसेर पत्रकार बोलाएर मैले यो गरें,त्यो गरें भनेर पत्र पत्रिकामा छाप्न लगाउने बागमती नगरपालिकाका कुनै पनि जनप्रतिनिधिहरुमा मनसाय नरहेको”नगर प्रमुख थापाले बताए ।
“हामी विकासकै क्रममा छौँ,समृद्ध बागमती बनाउने नै हो ।सडक विस्तार र स्तरोउन्नती,कृषि क्रान्ति,शिक्षा,स्वास्थ्य र खानेपानीमा जनतालाई कसरी सहजता प्रदान गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रीत भएको छ भने स्थानीय बेरोजगार युवाशक्तिलाई स्थानीय स्तरमै कसरी  रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भएका छौँ”नगर प्रमुख थापाले बताए ।
“नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधारको लागि गर्न सक्नै सबै शक्ति लगाइ रहेको र सामुदायिक विद्यालयहरुको शिक्षालाई जिल्ला कै नमुना शिक्षाको रुपमा विकास गर्ने हाम्रो अठोट छ ।दोस्रो कार्यकालका लागि निर्वाचित भएका नगर प्रमुख थापाले आफूहरुले अघिल्लो कार्यकाल देखि नै विशेष गरी नगरबासीहरुका मौलिक र नैसर्गिक अधिकारलाई प्राथमिकतामा राखेर काम गरेको” बताए ।
स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न भन्दै एक सय २१ विघामा बागमती माछा पोखरी(भरत ताल) निर्माण,एक सय २८ विघामा नगर बगैँचा निर्माण र फन पार्क समेत निर्माणको चरणमा रहेको नगर प्रमुख थापाले बताए । नगरको गौरबका आयोजनाहरुको रुपमा बागमती माछा पोखरी(भरत ताल),नगर बगैँचा र फन पार्कलाई लिएको बताउँदै यसबाट स्थानीय बेरोजगार युवाहरुले रोजगारी पनि पाउने र नगरको आन्तरिक आयस्रोत पनि बढ्ने नगर प्रमुख थापाको विश्वास छ ।
मधेश प्रदेशका एक सय ३६ स्थानिय तहहरु मध्य पर्यटकिय क्षेत्र,चिल्ला सडक,गुणस्तरीय सामुदायिक विद्यालयको शिक्षा,स्वास्थ्य र बेरोजगारमुक्त युवा भएको नगरको रुपमा बागमती नगरपालिकालाई  बनाउने आफुहरुको योजना रहेको नगर प्रमुख थापाले सुनाए ।
१२ वटा वडा रहेको नगरपालिकामा १० वटा वडाहरुमा नेकपा(माओवादी केन्द्र),एउटा वडामा नेपाली कांग्रेस र एउटा वडामा नेकपा(एमाले)बाट वडा अध्यक्षहरु निर्वाचित भएको भएपनि नगरको विकास र समृद्धिको सवालमा कुनै जनप्रतिनिधिहरुको फरक मत नरहेको नगर प्रमुख थापाले विश्वास दिलाए ।
काम गरेको देख्न नसक्नेहरुले विभिन्न किसिमका दुःख दिने गरेका भएपनि बागमती नगरपालिकाका सबै जनप्रतिनिधिहरुको अठोट नै बागमती नगरपालिकालाई पर्यटकिय क्षेत्र,चिल्ला सडक,गुणस्तरीय सामुदायिक विद्यालयको शिक्षा,स्वास्थ्य र बेरोजगारमुक्त युवा भएको नगर बनाउने रहेका कारण आफुहरुले नागरिकसंग हातेमालो गर्दै काम गरि रहेको नगर प्रमुख थापाको भनाई छ । उनले अब करिब सडक निर्माण तथा भौतिक पुर्वाधार निर्माणको काम सकिएको बताउँदै अबको दिनमा शुसासन,समृद्धि,रोजगारी सृजना हुने र गुणस्तरियतालाई ध्यानमा राखेर काम गर्ने बताए ।

सम्बन्धित समाचार