२९ औँ जनयुद्ध दिवसको अवसरमा बागमतीमा वक्तृत्वकला प्रतियोगिता

176 Shares

२९ औँ जनयुद्ध दिवसको अवसरमा सर्लाहीको बागमतीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।२९ औँ जनयुद्ध दिवसको अवसरमा मंगबलार बागमती नगरपालिकाको सभाहलमा मावि तह नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । 
बागमती नगरपालिकाकी नगर उप प्रमुख लिलाकुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम नेकपा (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल बागमती नगर कमिटिका अध्यक्ष दुर्गा बहादुर दर्लामी मगरको अध्यक्षतामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।जनयुद्ध दिवसको उपलब्धीको विषयमा आयोजना गरिएको प्रतियोगितामा नगर भित्रका सामुदायिक र संस्थागत गरि छ वटा विद्यालयका ११ जना छात्रछात्राहरुले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा नमुना ज्ञानोदय बोडिङ स्कुलका छात्र रचित खड्का प्रथम,बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नव जन जागरण मा.विका छात्र नवराज पौडेल द्धितिय र बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.विकी छात्रा अन्जली महतो तृतिय भएकी आयोजकले जनाएको छ ।प्रथम हुनेले रु पाँच हजार नगद सहित प्रमाणपत्र,द्धितिय हुनेले रु तीन हजार नगर सहित प्रमाणपत्र र तिृतिय हुनेले  रु दुई हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार जनयुद्धको सम्झनाका साथै नयाँ युवाहरुलाई ईतिहाससंग जोड्न सहयोग पुग्ने योजना सहित प्रतियोगिता आयोजना गरिएको हो ।
वलिदानी पुर्ण दिनको रुपमा जनयुद्ध दिवसलाई लिदै बलिदानबाट प्राप्त उपलब्धीहरुलाई संरक्षण र संस्थागत गर्दै अगाडि बढ्नु पर्ने कार्यक्रमकी प्रमुख अतिथि एवम बागमती नगरपालिकाकी नगर उप प्रमुख मोक्तानले बताईन् ।जनयुद्धबाट प्राप्त व्यवस्थामा उभिएर सोही व्यवस्थाको बिरुद्ध धावा बोल्नु कालिदाशले रुखको हागाँमा बसेर फेदतिर काट्नु जस्तै भएको नेकपा (माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले बताए ।जनयुद्धलाई दिवसको रुपमा मनाउने मात्र नभई यो ईतिहास भएकाले आम नागरिकलाई जानकारी गराउनु पर्ने कार्यक्रमका अतिथि एवम (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका मधेश प्रदेश निवर्तमान संयोजक मोहनलाल श्रेष्ठ(सन्देश)ले बताए ।नागरिकलाई समानुपातिक ढंगले अधिकार सम्पन्न बनाउने व्यवस्थाको संवाहक जनयुद्ध ऐतिहासिक कार्य भएको (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका केन्द्रीय सचिव समिर बराईलीले बताए ।
बागमती नगरपालिकाकी नगर उप प्रमुख मोक्तानको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङ,हरिवन नगर कमिटि अध्यक्ष पन्त, (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका मधेश प्रदेश निवर्तमान संयोजक श्रेष्ठ,केन्द्रीय सचिव समिर बराईली,माओवादी केन्द्रका नेता नविन थापा, (माओवादी केन्द्र)को भातृ युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका निवर्तमान जिल्ला अध्यक्ष नरेश ग्राङजा मगर लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार