लालबन्दीलाई दादुरा रुबेला खाेपमुक्त नगर बनाउने अभियान सुरु

452 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेकाे छ । लालबन्दी नगरपालिकामा दादुरा रुबेला खाेप अभियान २०८० सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएकाे तयारी गरेकाे नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार नगरपालिकाका सबै १७ वटै वडामा दादुरा रुबेला खाेप अभियान यही फागुन १६ गतेदेखि २२ गते सञ्चालन सुरु हुने भएको हाे ।

जन्मिएको नाै महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकाहरुलाई खाेप केन्द्रमा पुगेर खाेप लगाउने तयारी गरिएको नगर स्वास्थ्या शाखाले जनाएको छ । लालबन्दी नगरपालिका भित्रका कुनै पनि बालबालिका दादुरा रुबेला खाेप लाउनबाट नछुटुन साथै दादुरा रुबेला खाेप मुत्त नगरपालिका बनाउने याेजना रहेकाे नगरस्वास्थ्य शाखाले जनाएको छ । नगर प्रमुख बासुदेव अधिकारीकाे अध्यक्षता भएको एक कार्यक्रममा साे कुरा जानकारी गराईएकाे हाे ।

नगर भित्रका करिब १८ हजार दुई जना बालबालिकालाई दादुरा रुबेला खाेप लगाउने लक्ष्य राखेकाे र साेही अनुसार अभियान बनाएर लागेकाे लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए । कार्यक्रममा नगर उप प्रमुख कल्पना माया पाख्रिन लगायत लालबन्दी नगरपालिकाका सबै वडाका वडा अध्यक्ष जनप्रतिनिधिहरु एवम नगरभित्रका स्वास्थ्य कर्मीहरुकाे विशेष उपस्थिति रहेकाे आयाेजकले जनाएको छ ।

सम्बन्धित समाचार