बागमतीमा हुने बृहत् शैक्षिक महोत्सब माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहालले फागुन १२ गते उद्धघाटन गर्ने

354 Shares

सर्लाहीकाे बागमती हुने बृहत शैक्षिक तथा सांस्कृतिक महाेत्सव उद्घाटन गर्न नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सर्लाहीको बागमती आउने भएका छन् ।बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा फागुन १२ गते बागमती नगरपालिकाले आयाेजना गर्ने बृहत शैक्षिक तथा सांस्कृतिक महाेत्सव उद्गघाटन गर्न माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री दाहाल सर्लाहीको बागमती आउने भएका मंगलबार भएको पत्रमार सम्मेलनमा आयाेजकले जानकारी दिएकाे छ । नगरभित्रका सामुदायिक विद्यालयमा शैक्षिक तथा भाैतिक गुणस्तर तथा वृद्धि गर्ने अभियानकै क्रममा ठूलो संख्यामा विद्यार्थी र अभिभावकलाई सहभागी गराई शैक्षिक महाेत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । उनका अनुसार पर्यटन,स्थानीय रीतिरिवाज र सँस्कृतिसँग समेत जोडेर शैक्षिक सम्मेलन गर्न लागिएको हो ।

शैक्षिक महाेत्सवकाे विषयमा बागमती नगरपालिकाको सभा हलमा भएको पत्रकार सम्मेलनमा कार्यक्रम कस्ताे रहने भन्ने जानकारी गराईएकाे बागमति नगरपालिकाकाे शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । “शिक्षा,स्वास्थ्य,रोजगार,त्यसैका लागि पूर्वाधार”भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियानमा जुटेको नगरपालिकाले नगर भित्रका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुलाई सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी अनिवार्य पढाउँनै पर्ने बाध्यकारी नीयम समेत बनाएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन स्वरुप नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने गरी वृहत शैक्षिक तथा सांस्कृतिक महाेत्सव गर्न लागिएको हो । समुदायलाई विद्यालयसँग जोड्ने प्रयत्न स्वरूप १० औं हजार अभिभावकको आ-आफ्नो सांस्कृतिक भेषभुषामा झाँकी सहितको प्रस्तुती, हरेक विद्यालय, टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै“हामी सुधार गछौं, हाम्रो विद्यालय” जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधारमा लागेको बागमती नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षामा जाेड दिएकाे छ ।

सम्बन्धित समाचार