बागमतीमा हुने बृहत् शैक्षिक महाेत्सव उद्घाटन गर्न प्रधानमन्त्री दाहाल सर्लाही आउँदै

301 Shares

सर्लाहीको बागमती नगरपालिकाले आयाेजना गरेकाे बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव उद्घाटन गर्न नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) शनिबार(आज) सर्लाही आउने भएका छन् ।

समुदायलाई शिक्षासंग जाेड्नुका साथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै लैजाने उद्देश सहित एक दिने बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव आयाेजना गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए। उनका अनुसारका राज्य व्यवस्था परिवर्तनका मुख्य बाहक माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले नै भएकोले उनले नै बृहत् शैक्षिक तथा साँस्कृतिक महत्सव उद्घाटन गर्ने भएका हुन ।

नगरकाे शैक्षिक तथा भाैतिक गुणस्तरमा सुधार गरेकाे बागमतीले सामुदायिक विद्यालायहरुकाे शैक्षिक गुणस्तर सुधारमा अभिभावक समेत सचेत नभए शिक्षक तथा कर्मचारीहरुबाट मात्रै सम्भव नभएकाले अभिभावकहरुलाई शिक्षासंग जाेड्न महाेत्सव आयाेजना गरिएको नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए । उनका अनुसार एकदिने बृहत् शैक्षिक तथा सांस्कृतिक महाेत्सवमा करिब चार हजार विद्यार्थीहरुका साथै २५ हजार अभिभावक र दर्शककाे उपस्थिति रहने छ ।

सम्बन्धित समाचार