सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिने प्रधानमन्त्री दाहालकाे भनाइ

337 Shares

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीमा नेपाल रहेको नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताए।सर्लाहीको बागमती नगरपालिकाले आज(शनिवार) आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सवकाे उद्घाटन गर्न सर्लाही आएका प्रधानमन्त्री दाहालले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने समेत बताए ।

उनले ‘विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो, यहाँ सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ ।’ बताए । नेपालका सबै क्षेत्र,जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै  देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विविधतामा एकता सबै नेपालीको विशेषता रहेकाे समेत बताए । कार्यक्रमका अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवम विद्यार्थीहरुले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेका र याे अवसर सृजना गर्ने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहित बागमती नगरपालिकाका सबै जनप्रतिनिधिहरु र कर्माचारीहरुलाई उनले बधाई समेत दिए ।

उनले संघिय लाेकतान्त्रीक गणतन्त्र नेपालको महसुस हुने गरि गरिएको यस प्रकारकाे कार्यक्रमलाई संघिय सरकारले पनि अनुसरण गर्नु पर्ने समेत बताए । बागमती नगरपालिकाकाे नगर शिक्षा नीतिका साथै नगर भित्रका सबै गतिविधिहरु नगरपालिका मै बसेर हेर्न मिल्ने प्रविधिकाे सुरुवातका र बागमती नगरपालिकाकाे सार्वजनिक शिक्षा रुपान्तरणकाे माेडल पुस्तक विमाेचन समेत गरेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार नगर भित्रकाे समुदायलाई शिक्षासंग जाेड्नका लागि बृहत् शैक्षिक तथा साँस्कृतिक महाेत्सव आयाेजना गरिएको हाे । नगरकाे शैक्षिक तथा भाैतिक गुणस्तरमा सुधार गरेकाे बागमतीले सामुदायिक विद्यालायहरुकाे शैक्षिक गुणस्तर सुधारमा अभिभावक समेत सचेत नभए शिक्षक तथा कर्मचारीहरुबाट मात्रै सम्भव नभएकाले समुदायलाई शिक्षासंग जाेड्न महाेत्सव आयाेजना गरेको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले बताए ।

उनका अनुसार एकदिने महाेत्सवमा नगर भित्रका सबै सामुदायिक विद्यालयहरुका साथै नीजि विद्यालयहरु र छिमेकी स्थानीय तहहरुका विभिन्न विद्यालयहरुका गरि करिब ४० हजार विद्यार्थीहरु र अभिभावकहरुकाे सहभागीता रहेकाे थियाे भने नगरका विभिन्न सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुले सातै प्रदेशका संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार