प्रदेशिक अस्पताल मलंगवा झन सुबिधायुक्त हुँदै

197 Shares

प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा शनिबार ब्लड बैंक,फिजियोथेरापी,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवा उद्घाटन गरिएको छ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले ब्लड बैंक ,फिजियोथेरापी,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको (आज) शनिबार उद्घाटन गरेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार करिब एक महिना पहिला प्रादेशिक अस्पताल मलंगवा सर्लाहीको अनुगमनमा मन्त्री सिंह आउँदा ब्लड बैंक ,फिजियोथेरापी,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको समस्या देखिएकाले सो अनुसार (आज)शनिबार ब्लड बैंक,फिजियोथेरापी,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवाको उद्घाटन गरिएको हो ।ब्लड बैंक,फिजियोथेरापी,ल्याप्रोस्कोपी सेवा (आज) शनिबारबाट नै सुरु गरिएको र हेमोडाइलाइसिस दुुई÷तिन दिन पछि सुरु गरिने प्रादेशिक अस्पताल मलंगवा सार्लहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए ।
प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा शनिबार ब्लड बैंक,फिजियोथेरापी,हेमोडाइलाइसिस र ल्याप्रोस्कोपी सेवा उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जंगीलाल राय र नेपाली कांग्रेस सर्लाहीका उपसभापती सरोज यादव लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार