भारतका चर्चित गजल गायक पंकज उदासको निधन

112 Shares

चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए ।

७२ वर्षीय उदासको आज बिहान निधन भएको उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे…’ जस्ता धेरै प्रसिद्ध गीत र गजलबाट परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै  हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन । 

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

सम्बन्धित समाचार