चलचित्र काडेतार माथि किन लगाइयो काडेतार ?

149 Shares

नवल खडकाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘काँडेतार’ को प्रदर्शनमा रोक लगाइएको छ।फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा.लि.ले गरेको जनाइएको छ।हल सञ्चालकहरुले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको निर्माता तथा निर्देशक नवल खड्काले बताए। 

स्रोतका अनुसार अन्य नेपाली तथा हिन्दी फिल्मलाई १ सय भन्दा बढी शो उपलब्ध गराएपनि काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो।निर्देशक खडकाले अङ्ग्रेजी फिल्मलाई पनि करिब ७० वटा शो हलले उपलब्ध गराइएको बताए ।  

‘चलचित्र शोमा प्राइम टाइम अति महत्त्वपूर्ण मानिन्छ। यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन। दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०/९० वटा शोहरू प्राइम टाइममा दिइएको छ। तर हाम्रो चलचित्र काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो।ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन्।जुन समय दर्शकहरू दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्,’ उनले भने । 

चलचित्र हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाइ छ।‘त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा चलचित्र शो गर्ने र आजचाहिँ रोक्ने नै निर्णय गरेका छाैँ,जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो नै जानकारी गराएका थियौँ,’उनले भने ।

सम्बन्धित समाचार