इलाम उपचुनावः शीर्ष प्रतिष्पर्धीले गरे मतदान

211 Shares

इलाम । उपचुनावअन्तर्गत इलामको प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरुले मतदान गरेका छन् । विहानदेखि शुरु भएको मतदानको क्रममा प्रमुख दलका उम्मेदवारसहित स्वतन्त्र लगायले मदान गरेका हुन् । 

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आवि मतदान केन्द्रबाट भोट हालेका छन् । भने पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले फाकफोथुम गाँउपालिका सिंहदेवी मावि आमचोक केन्द्र पुगेर उनले भोट हालेका हुन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ एवं तत्कालीन प्रतिनिधिसभा सदस्य एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त यस क्षेत्रमा आज उपचुनाव भएको हो । यहाँ १९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

सम्बन्धित समाचार