इलाम उपचुनावः कसले जित्दा के सन्देश जान्छ ?

394 Shares

काठमाडाैं । उपचुनावको मतदान धमाधम चलिरहेको छ । उपचुनावलाई दलहरुले मिनी जनमत संग्रहको रुपमा लिदै यसलाई आफ्नो लोकप्रियता जाँच्ने औजारको रुपमा लिएका छन् । 

बझाङमा प्रदेशशभारत्फ हुन लागेको चुनावको तुलनामा इलाममा हुन लागेको प्रतिनिधिसभातर्फको चुनाव थप पेचिलो बनिरहेको छ । आखिर किन इलामको उपचुनाव बढि चर्चामा आयो त ? यसबारे विभिन्न तथ्यहरु सार्वजनिक हुन थालेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान पक्षधरबीच प्रतिष्पर्धा र चर्चा चलिरहेको छ । यस्तोमा कसले चुनाव जिते के हुने सम्भावना छ ? भन्ने विषयमा भिन्नाभिन्नै चर्चा हुन थालेका छन् । 

कुन उम्मेदवारले चुनाव जित्दा के सन्देश जान्छ ?

१. नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ
सुहाङ नेम्वाङ संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष दिवंगत सुवास नेम्वाङमा छोरा हुन् । सुहाङलाई एमालेले चुनावी मैदानमा उतारेको छ । सुहाङलाई जिताउन एमाले अध्यक्ष केपी ओलीदेखि शीर्ष नेताहुर इलाम केन्द्रित प्रचारमा खटिएका थिए । तर, सुहाङले सहजै जित्ने आधार भने खास बलियो देखिन्न । 

सुहाङले चुनाव जित्नु एमाले अध्यक्ष केपी ओलीको राजनीतिक लाइन पास हुनु हो भन्ने अर्थमा लिन थालिएको छ, एमाले वृत्तमा । एमालेमा सर्वसम्मतिको नारा दिएर पार्टी आफ्नो सोचमा चलाइरहेका ओलीले इलामको उपचुनावलाई परिक्षणको रुपमा मात्रै नभई यसले एमालेको शक्ति परिक्षण हुने अर्थमा लिएका छन् । सुहाङ निर्वाचित भएमा सहानुभूतिको मतभन्दा पनि ओलीले आफ्नो लोकप्रियतासँग जोड्ने सम्भावना वलियो छ । 

२. नेपाली कांग्रेसका डम्बर खड्का
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि इलामको उपचुनावलाई दुई अर्थमा लिएको देखिन्छ । पहिलो, गठबन्धन नगरि चुनावमा होमिदा कांग्रेस कार्यकर्ताको मनोविज्ञान परिक्षण र दोश्रो कांग्रेस आन्तरिक एकतामा जान सक्यो भने देशभरको माहोल सिर्जना हुन सक्छ भन्ने । 

यस्तोमा कांग्रेसबाट समेत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि अन्य नेताहरु इलाम केन्द्रित भएका छन् । उनीहरुले विपक्षी उम्मेदवारमाथि मात्रै प्रहार गरिरहेका छैनन्, इलामको विकास र पहिचानको मुद्दालाई समेत उचालिरहेका छन् । यस्तोमा कांग्रेसले निर्वाचन जितेमा चुनावी गठबन्धनको कांग्रेसभित्र उठेको विरुद्धको आजावलाई थप मलजल हुनेछ भने कांग्रेसले आन्तरिक एकतामा बल गर्ने बाटो खुला हुनेछ । 

३. राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु
रास्वपा देशभर माहोल सिर्जना भएको नयाँ दलको रुपमा देखिन्छ । नेतृत्वमाथि सहकारी ठगी आरोप लाग्दा लाग्दै पनि इलामको उपचुनाव जितेमा रास्वपा ठूला दलका लाग खतरा बन्ने र उनीहरुले त्यसपछि छुट्टै रणनीति अख्तियार गर्ने सम्भावना बलियो छ । रास्वपा भने अलमलकै राजनीतिक विचारधाराकाबीच लोकप्रिय बनिरहेको छ । भने, नेतृत्वले विभिन्न फण्डा गर्दै सहकारी ठगीको विषयलाई मोड्न खोजेको देखिन्छ । तर, मिलनको जित भएमा भने रास्वपाको लोकप्रियतासँगै दण्डहीनता थप चुलिले कतिपयले आशंका गरेका छन् ।

४. पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिम
पहिचानवादी उम्मेदवार डकेन्द्रलाई धरानका मेयर हर्क साम्पाङदेखि धेरैले साथ दिइरहेका छन् । डकेन्द्रमाथि समेत सहकारी ठगीको आरोप लागेको हल्ला चलेपनि उनले इलाम उपचुनावमा पहिचानवादीको मत बटुल्ने कोसिस गरिरहेका छन् । यस्तोमा डकेन्द्रले निर्वाचन जितेमा कोशीमा पहिचानको विषय थप बढोत्तरी हुनेछ भने यसको प्रभाव देशैभर फैलिने डर समेत उत्तिकै छ । 

सम्बन्धित समाचार