रास्वपा उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

246 Shares

इलाम । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरित पा्रटीको लोगो लगायत मतदान गर्न पुगेका लिम्बुले निर्वाचन आचारसंहिता उल्लङ्घ गरेको विषयमा जोडतोडले विवाद चलेपछि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्षप्टीकरण सोध्न निर्देशन दिएको हो ।

उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने आयोगको दाबी छ । 

उपचुनाव अन्तर्गत मिलन प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिष्पर्धामा छन् । 

सम्बन्धित समाचार