वेस्ट इण्डिज ‘ए’ माथि नेपालको रोमाञ्चक जित

241 Shares

काठमाडाैं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले शनिवार वेस्ट इण्डिज ‘ए’ बिरुद्धको पहिलो खेलमा जित निकाल्दै ट्वान्टी–२० श्रृंखलामा सुखद् शुरुवात गरेको छ ।

कप्तान रोहितको ११२ रनको शतकमा नेपालले पाहुना टोलीमाथि चार विकेटको जित निकाल्यो । यससँगै नेपालले पाँच खेलको श्रृंखलामा अग्रता लियो । त्रिवी क्रिकेट मैदानमा वेस्ट इन्डिजको टोलीले दिएको २०५ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान रोहितले अलराउण्ड प्रदर्शन गरे । उनले एक विकेट लिए । नेपालको शुरुवात सुखद् हुन सकेन । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित अनुशासित इनिङ खेल्दै जितको आधार तय गरे ।

उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । नेपालले तेस्रो ओभरमा नै पहिलो विकेट गुमायो । ओपनर अनिल साह ५ रनमै आउट भए । त्यो विकेटसँगै नेपालले सुस्त ब्याटिङ ग¥यो । अर्का ओपनर कुशल भुर्तेल पनि १६ रनमा नै आउट भए । त्यसपछि रोहितले तेस्रो विकेटका लागि कुशल मल्लसँग ४४ रनको साझेदारी गरे । १०औं ओभर कुशल १६ रनमा रनआउट भए । तर चौथो विकेटका लागि कप्तान रोहित र दीपेन्द्रसिंह ऐरीबीच ६४ रनको महत्वपूर्ण साझेदारी बन्यो । यो साझेदारी नै नेपाललाई जित दिलाउन बलियो आधार बन्यो ।

नेपालले ११.३ ओभरमा सय रनको आँकडा भेट्टायो । तर त्यसपछि आठ ओभरमा आक्रामक ब्याटिङ गर्दै नेपालले १०५ रन जोड्यो । यस क्रममा दीपेन्द्रसिंह ऐरीले १८ बलमा २४ रन बनाए । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । अन्तिम चार ओभरमा नेपालले ५५ रन जोड्यो । अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा नेपालले दुई बल बाँकी छँदा नै पूरा ग¥यो । गुल्सन झा चार बलमा ९ रना र प्रतिश जिसी २ बलमा ५ रनमा अविजित रहे ।

वेस्ट इण्डिजको बलिङमा म्याथ्यु फोर्डे र ओबेद म्याक्वेले समान दुई विकेट लिँदा किमो पउलको नाममा समान एक विकेट रह्यो । नेपालले टस जिते पनि वेस्ट इण्डिज ‘ए’ लाई ब्याटिङ गर्ने निम्तो दियो । शुरुदेखि नै आक्रामक ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै २०५ रनको लक्ष्य प्रश्तुत ग¥यो । कप्तान रोस्टन चेज ७४ रन र ओपनर एलिक अथानजे ४७ रन बनाए । मध्य क्रमका ब्याटर किसी क्यार्टीले २६ बलमा ३८ रन जोडे । पहिलो ओभरमै विकेट लिँदा नेपालले राम्रो शुरुवात पायो ।

कमलसिंह ऐरीले ओपनर जोनसन चाल्र्सलाई शुन्यमा आउट गरे । त्यो विकेटपछि अर्का ओपनर एलिकले आक्रामक ब्याटिङ गरे । उनले २५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । उनी र आन्द्रे फ्लेचरबीच दोस्रो विकेटका लागि २७ रनको साझेदारी भयो । फ्लेचर १३ रनमा चौथो ओभरमा रनआउट हुन पुगे । त्यसपछि कप्तान चेजले एलिकलाई साथ दिए । यी दुईबीच ४३ रनको साझेदारी बन्यो । सातौं ओभरमा कप्तान रोहितले एलिकलाई आउट गर्दै पाहुना टोलीको तेस्रो विकेट लिए ।

यो विकेटपछि कप्तान चेजले किसीसँग पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे । यस क्रममा पाहुना टोलीले ८.३ ओभरमा सय को आँकडा पार ग¥यो । १५औं ओभरमा किसी अविनाश बोहराद्वारा क्याच आउट भए । उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो । त्यसपछि कप्तान चेजले आक्रामक ब्याटिङलाई निरन्तरता दिए । पाहुना टोलीले २०औं ओभरमा दुई रनको आँकडा पार ग¥यो । यसै ओभरमा चेज दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट भए । ४६ बलमा चेजले ९ चौका र दुई छक्का प्रहार गरे । कदिम एलेन १४ रनमा नटआउट रहे । नेपालले बलिङमा सात बलर प्रयोग ग¥यो र सबै महँगा साबित भए । कमलसिंह, दीपेन्द्रसिंह, रोहित र अविनाशले समान एक विकेट लिए । नेपालले अब दोस्रो खेल आईतवार खेल्नेछ ।

सम्बन्धित समाचार