उपचुनाव सम्पन्न, इलाम र बझाङमा कति खस्यो मत ?

212 Shares

काठमाडाैं । निर्वाचन आयोगले उपचुनाव अन्तर्गत इलाम २ मा ५८ प्रतिशत हाराहारी र बझाङ १ मा करिब ५० प्रतिशत मतदान भएको जानकारी दिएको छ । 

प्रतिनिधिसभाका लागि इलाम र प्रदेशशभाका लागि बझाङमा भएको उपचुनावमा मतदान उल्लख्य नभएको निर्वाचन आयोगले जनाएको छ । दुबै ठाउँमा मतदान भने शान्तिपूर्ण ढंगले भएको आयोगको दाबी छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । ४ मंसिर २०७९ मा इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

इलाममा इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । तर बझाङमा भने  हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार विहान १० बजेभित्र ढुवानइ भइसक्ने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका  मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको भनाइ छ । मतगणना भने १६ गतेदेखि मात्रै शुरु हुने आयोगले जनाएको छ।

हेर्नुहोस आयोगको विज्ञप्तिः

Election-commission-press-realese.jpg

Election-commission-press-realese-1.jpg

 

सम्बन्धित समाचार