रास्वपा लक्षित कांग्रेस सांसद खतिवडाको टिप्पणीः उपचुनावले 'चटके'हरु साइडमा आए

134 Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङ उपचुनावले चटकेहरु साइजमा आएको भन्दै ०८४ सम्म ठिक हुने बताएका छन् । 

इलाम र बझाङमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएपनि सांसद खतिवडाले नेपालमा एमाले र कांग्रेस नै मुलधारपा पार्टी हुन भन्ने सन्देश जनताले दिएको दाबी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै सांसद खतिवडाले चटकेको संज्ञा दिएका छन् । भने उनले ०८४ सम्म ठिक हुने चेतावनी समेत दिएका छन् । 

कांग्रेसले हार व्यहोरेपनि मत कमजोर नभएको दाबी गरे । यस्तै, खतिवडाले इलाममा एमालेले महागठबन्धन गरेको आरोप समेत लगाए । इलाममा एमालेका सुहाङ नेम्वाङले जित निकालेका छन भने उनलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा र परिवार दले समर्थन गरेको थियो । 

सम्बन्धित समाचार