पूर्वमन्त्री दलजीत सेर्पालीको छोरीको पोर्तुगलमा निधन

417 Shares

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दलजीत सेर्पालीकी माइली छोरीको पोर्तुगलमा निधन भएको छ । 

पूर्वमन्त्री सेर्पालीकी माइली छोरी संगिताको उपचारको क्रममा पोर्तुगलमै निधन भएको वाइसीएल नेपालका अध्यक्ष सुवोध सेर्पालीले जानकारी दिएका छन् । 

क्यान्सरका कारण संगिताको पोर्तुगलमा निधन भएको पुष्टी गर्दै अध्यक्ष सेर्पालीले उनका एक छोरा र श्रीमान पनि पोर्तुगलमै रहेको जानकारी दिए । 

पोर्तुगलको राजधानी लिस्वनमा बस्दै आएकी संगिताको २९ वर्षको उमेरमै निधन भएको बताइएको छ । उनको निधनमा वुवा दलजीत सेर्पालीले समेत दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा छोरीको निधनको खवर प्रेषित गरेका छन् । 

सम्बन्धित समाचार